खेलकुद

एनपीएल : कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्सको जित

१६ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभनेन्जर्सले आफ्नो जित निकालेको छ । आज भएको दोस्रो चरणको खेलमा पोखराले कर्णाली याक्सलाई हराउँदै जित निकालेको छ । पोखराले १९ ओभरमा ९ विकेट दिलएर १६७ रनमा अल आउट गराउदै जित निकालेको हो ।

खेलमा पोखरा एभेन्जर्सका एडम रोसिङटनको सेन्चुरीमा कर्णाली याक्सलाई १०२ रनको लक्ष दिएको थियो । जसमा १९ ओभरमै कर्णाली अल आउट भएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्दै २० ओभरमा २०१ रन बनाएको थियो । जसमा एडम रोसिङटन सतक पुरा गरेका छन् ।