खेलकुद

एनपीएल : लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले जित्यो

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले जित निकालेको छ ।

विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाउँदै लुम्बिनीलाई १४५ रनको लक्ष दिएको थियो । उक्त लक्षलाई लुम्बिनीले आफ्नो ५ विकेट गुमाएर १७.४ ओभरमा पुरा गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल हारेसँगै एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्यमा ब्रेक लागेको छ ।

यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । आज विराटनगरलाई जितेसँगै प्लेअफको समभावना जीवितै रहेको छ ।