तस्विरहरु

एनपिएल : जनकपुरलाई लुम्बिनीले जित्यो, प्लेअफमा पुग्यो लुम्बिनी (तस्विरहरु)

१९ मङ्सिर, काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले जनकपुर बोल्ड्सलाई ४ विकेटले जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३२ रन बनाएर १३३ रनको लक्ष दिएको थियो ।

उक्त लक्ष लुम्बिनीले … १९.१ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

योसँगै लुम्बिनी प्लेअफमा परेको छ भने लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफबाट बाहिरीएको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन हिर्काएका छन् । बलिङमा जनकपुरका सङ्गीथ कुरेले तीन विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।

जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरेका छन् । लुम्बिनीका कप्तान पौडेल र शेर मल्लले समान दुई/दुई विकेट झारे ।