तस्विरहरु

पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलमा समर्थक स्वागतमा काठमाडौं पुगे (तस्वीरहरू)

काठमाडौं, १ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाह आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनका समर्थकहरूले विमानस्थल गेटमा विभिन्न नारा लगाउँदै स्वागत गरेका थिए। शाहले गाडीबाट समर्थकहरूलाई हात हल्लाएर धन्यवाद दिएका छन्।

विमानस्थलमा उनका समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन्। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नाराहरू लगाइरहेका छन्।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौंका विभिन्न चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले विमानस्थलभित्रैबाट उनको स्वागत गरेका थिए।