२२ मंसिर, काठमाडौं । सहसचिव राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा भएका छन् । पौडेललाई आज बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै भने ।
पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रुपमा कार्यरत थिए ।





