२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको क्षति–विध्वंशबारे जाँचबुझ गर्न बनेको आयोगले बहालवाला प्रहरी नेतृत्वसँग बयान लिने प्रक्रिया सुरु गर्दैछ।
आयोगका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिने तयारी छ। त्यसपछि नेपाल प्रहरीले तत्कालीन एआईजीका भूमिकामा रहेका र अहिलेका आईजी दानबहादुर कार्कीलाई बोलाइनेछ।
अघिल्लो सातादेखि आयोगले काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान सकाइसकेको छ।
एक सातामात्र अवधि बाँकी हुँदा आयोगले अझै विवरण संकलन र प्रतिवेदन तयार गर्ने कार्य पूरा गर्न नसकेकाले समयावधि थप्नुपर्ने निश्चितजस्तै देखिएको स्रोतले जनाएको छ।



