२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले चुनाव तयारीसँगै सुशासनलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको बताएकी छन्। भ्रष्टाचारविरुद्ध आवश्यक परे कडा कदम चाल्न सरकार पछि नहट्ने उनले स्पष्ट पारिन्।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनकै आधारमा बनेको सरकार सुशासनका एजेन्डामा तीव्र रुपमा अघि बढिरहेको उल्लेख गरिन्।
धम्की र दबाब आए पनि विचलित नहुन सरकारका संयन्त्र र कर्मचारीलाई आग्रह गर्दै प्रधानमन्त्री कार्कीले राज्यका निकायहरू सक्रिय भएर परिणाममुखी काममा जुटेको बताइन्।





