२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्। उनले अन्तिमपटक चुनावी प्रतिस्पर्धामा सहभागी हुने स्पष्ट पारेका हुन्।
डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदका अनुसार देउवाको इच्छाअनुसार सर्वसम्मत सिफारिस गरिनेछ। कांग्रेसले यस महिनाको अन्त्यसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ र क्षेत्रीय समितिले मंसिर २५ भित्र नाम प्रदेश समितिमा पठाउनुपर्ने व्यवस्था छ।
देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट विजयी हुँदै आएका छन्।





