राजनीति

कांग्रेसको क्रियाशील सदस्य छानविन समितिको संयोजकमा सह–महामन्त्री महेन्द्र यादव

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार “सदस्यता व्यवस्थापन केन्द्रीय समिति”को संयोजक र सदस्य नियुक्त गरेको छ ।


कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५(९) बमोजिम “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” को संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादव र सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनयन गरका छन् ।


समितिले क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानविन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्ने छ ।