समाचार

ओलीले प्रधानमन्त्रीलाई सोधेः “म डेरा बसेँ, नभागेको भए के गर्नुहुन्थ्यो?

काठमाडौं, २५ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको समयमा आफू भागेको भनी फैलिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

सम्पादकहरूसँगको संवादमा ओलीले भने, “मैले डेरा खोजेँ, पाएपछि सरेँ। एयरपोर्ट बन्द थियो, त्यसैले छिटो सरेँ।” उनले आफू नभागेको भए के हुने थियो भन्ने प्रश्न गर्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई समेत चुनौती दिएका छन्।

ओलीले आफ्नै घरमा नभए पनि अर्काको डेरामा बस्दा असहज परिस्थितिमा पार्ने प्रयास गलत भएको पनि बताएका छन्।