अन्तर्राष्ट्रिय

गाजाका लागि इजिप्टको मानवीय सहायता

२५ मंसिर, काठमाडौं । इजिप्टले बाढीले प्रभावित गाजामा राहत सामग्री पठाएको छ । यसमा १४ हजार ३०० ब्लाङ्केट र २१ हजार४०० जाडो लुगा रहेका छन्, जसले प्रभावित परिवारहरूलाई सुरक्षित आश्रय प्रदान गर्नेछ ।

यो राहत सामग्री इजिप्टबाट पठाइएको ठूलो मानवीय सहायता कन्भोयको हिस्सा हो, जसमा ५ हजार५०० टन खाना, तीन हजार ६०० टन स्वास्थ्य तथा राहत सामग्री र ७०० टन पेट्रोलियम उत्पादनहरू समावेश छन्। गाजा युद्ध सुरु भएदेखि इजिप्टले ९२ कन्भोयमार्फत धेरै राहत सामग्री पु¥याइसकेको छ ।

बाढीले झुप्रो तम्बूहरू ध्वस्त भएका छन् र सडक तथा घरहरू पानीले भरिएका छन् । खान युनिसमा आठ महिनाकी बच्ची राफाह अबु जजार जाडोबाट मृत्यु भएकी छिन्। गाजाका स्वास्थ्य अधिकारी मुनिर अल–बुर्शका अनुसार, इन्धन अभाव र अपर्याप्त आश्रयका कारण बासिन्दा अत्यन्तै कठिन परिस्थितिमा जिउँदै छन् ।