समाचार

प्रधान सेनापतिले उपरथी दर्ज्यानी चिन्ह प्रदान

२६ मंसिर, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

सुैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् । २२ मंसिरको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सहायक रथी, महासेनानी बढुवा भएका एक÷एक अधिकृतलाई पनि दज्र्यानी चिह्न प्रदान गरिएको छ ।