समाचार

एमाले १ सय ८ प्रतिनिधि मनोनयनमा पोखरेलको आपत्ति

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूको सूचीमा असहमति जनाएका छन् ।

पार्टी सचिवालयले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको भए पनि, शनिबार उद्घाटन सत्र अघि प्रकाशित सूची एकलौटी भएको भन्दै पोखरेलले आपत्ति व्यक्त गरेका हुन्।

अध्यक्ष केपी शर्मा ओली र पोखरेलबीच प्रतिनिधि सूची सार्वजनिक गर्नु अघि छलफल गर्ने कुरा भएको थियो, तर सूची बिना छलफल प्रकाशित भएपछि विवाद उठेको नेताहरूले बताएका छन्।