२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्रको समय पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई तोकिए पनि फेरि परिवर्तन गर्दै दिउँसो १ बजेका लागि सारिएको हो ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ । हाल केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भइरहेको छ ।
नेता महेश बस्नेतका अनुसार बैठकमा पार्टी विधान संशोधन, समसामयिक राजनीतिक अवस्था र बन्दसत्रका कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने छ ।





