समाचार

एमाले पदाधिकारीमा ईश्वर पोखरेल समूहले उम्मेदवार टुंग्यायो

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको पदाधिकारी चयनका लागि ईश्वर पोखरेल समूहले उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने भएका छन् ।

उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय भएको छ । उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी उम्मेदवार रहनेछन् ।

सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेलसहित कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम सूचीमा रहेको छ । छलफल जारी रहेकाले सूचीमा सामान्य हेरफेर हुन सक्ने स्रोतले जनाएको छ ।