२९ मंसिर, काठमाडौं । प्रहरीको हिरासतमा रहेका एब जना व्यक्ति मृत फेला परेका छन् । काभ्रेको मंगलटार ईलाका प्रहरी कार्यलयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका हुन् । रोशी गाउँपालिका वडा नम्बर १२ का २१ बर्षका दुतराज तामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
चोरी आरोपमा उनी प्रहरी हिरासतमा रहेका थिए । प्रहरीका अनुसार घाँटीमा ब्ल्यांकेटको घेरोको कपडाको पासो लगाएको अवस्थामा उनी मृत फेला परेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



