समाचार

२१ फागुनमा प्रतिनिधिसभा चुनाव सम्भव, सुरक्षा निकायको ब्रिफिङ

१ पुस, काठमाडौं । सुरक्षा निकायले २१ फागुनमा प्रतिनिधिसभा चुनाव गर्न सकिने निष्कर्षसहित गृह मन्त्रालयलाई ब्रिफिङ गरेका छन्। चुनावको मिति नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा रणनीतिमा तीव्र रूपमा काम गरिरहेको छ।

केही दलले सो मितिमा चुनाव गर्न सुरक्षा जोखिम रहेको दाबी गरे पनि सुरक्षा निकायले लुटिएका अधिकांश हतियार फिर्ता आइसकेको र फरार कैदीको संख्या न्यून भएको बताएका छन्। हाल पाँच हजारभन्दा कम कैदी फरार रहेको र उनीहरूबाट चुनावमा ठूला सुरक्षा चुनौती नदेखिएको सुरक्षा निकायको मूल्याङ्कन छ।

सुरक्षा निकायका अनुसार चुनावमा मुख्य चुनौती दलहरू र जेनजी समूहबीच हुनसक्ने झडप हुन सक्छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पनि तोकिएकै मितिमा चुनाव गरिनु सरकारको दायित्व भएको दोहोर्‍याएका छन्।