३ पुस, काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ।
बुधबार बिहान सवा ९ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सकिएको हो। निर्वाचनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २२७ मत खसेका छन् भने ३६ जना अनुपस्थित रहेका छन्।
८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरिएको थियो। मतपरिणाम आजै बिहान ११ बजे भृकुटीमण्डपमै सार्वजनिक गरिनेछ। त्यसपछि प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम तय गरिएको छ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् भने केही उम्मेदवारले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्।





