खेलकुद

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

१० पुस, विराटनगर । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा बिहीबार बिहान भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।

विराटनगर एयरपोर्ट लाइनबाट गणेशचोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका थापालाई कोशी अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

थापा कोशी प्रदेशका चर्चित क्रिकेटर हुन्। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलेका थिए भने विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेका छन्।