समाचार

‘हामी टार्गेटमा थियौं, सुरक्षा खोसियो’ भन्दै ओलीले व्यक्त गरे सरकारमाथि आक्रोश

१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि आक्रमणको प्रयास हुँदा सुरक्षा खोसिएको आरोप लगाएका छन्। बिहीबार पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूहरूमाथि लगातार सुरक्षा खतरा रहेको बेला सरकारले सुरक्षा फिर्ता लिएको बताए।

ओलीले भने, “त्यत्रो त्रासको अवस्था थियो, हामीमाथि टार्गेट थियो। चरम अवस्था थियो—त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले। घरबाट बाहिर ननिस्क भन्या त हो नि।” उनले सरकारको कदमको विरोध गर्दै सुरक्षा प्रत्याभूतिको माग राखेका छन्।