समाचार

समानुपातिक बन्दसूचीमा त्रुटि सच्याउने काम सुरु

१५ पुस, काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा त्रुटि सच्याउने काम सुरु गरेको छ। सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार पुस १५–२० गतेसम्म आयोगले छानबिन गर्नेछ।

पछिल्ला कार्यतालिकाअनुसार पुस २१–२७ गते दलहरूलाई सूची मिलाउन लगाइनेछ, पुस २८–माघ ३ गतेसम्म आयोगले सूची ठीक छ वा छैन भनी जाँच गर्नेछ र माघ ४ गते बन्द सूची प्रकाशित गर्ने योजना छ।

यसै प्रणालीअन्तर्गत सयवटा राजनीतिक दलले ९३ चिह्नमार्फत उम्मेदवारको बन्दसूची पेस गरेका छन्। दलहरूले ११ देखि ११० जनाको सूची बुझाउनुपर्छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ, जसमा मतदाताले समानुपातिक र प्रत्यक्ष दुईवटा मतपत्रमा मतदान गर्नेछन्।