काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले को नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उपसमितिलाई योग्य उम्मेदवारको छनोट प्रक्रिया र सिफारिस गर्ने जिम्मेवारी दिइने निर्णय भएको उनले बताए। यस उपसमितिमा संयोजकसहित सात जना सदस्य रहनेछन् र सदस्यहरूको मनोनयन पार्टी सचिवालयले गर्नेछ।
रास्वपा नेताहरूका अनुसार, यो उपसमितिले छिट्टै उम्मेदवार छनोटको काम पूरा गर्ने र पार्टीको तयारीलाई गति दिनेछ।





