समाचार

बाजुराको बुढिगंगा नगरपालिकाका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२० पुस, बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढिगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाह सहित १४ जनाविरुद्ध प्रशासनिक भवन निर्माण ठेक्कामा मिलेमतो गरेर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन पदाधिकारीहरू र ठेक्का पाएको कम्पनी जाग्रिति/एमके/नेपाल जेभी विरुद्ध तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो र कैद सजाय माग गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजाय हुनुपर्ने दाबी गरिएको छ।