२३ पुस, विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
गठबन्धनअनुसार दलित तर्फ नेकपा एमालेका सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराएका छन् भने अन्य तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन्।
मनोनयन दर्ताका क्रममा रोशनी मेचेका प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई रहेका छन्। सोम पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुँडाल छन्। यस्तै, सुनील थापाका प्रस्तावक उद्धव थापा र समर्थकमा रेगिना भट्टराई रहेकी छन्।





