राजनीति

कांग्रेसका २५ सदस्यद्वारा अपिल: विशेष महाधिवेशनलाई सम्मान गर्दै साझा निर्णय गर

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन्।

ललितपुरको कुपण्डोलमा शुक्रबार भएको छलफलपछि जारी विज्ञप्तिमा उनीहरूले आगामी प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीमा नयाँ ऊर्जा र सोचसहित चुनावी तयारी अघि बढाउन नेतृत्वलाई आग्रह गरेका छन्।

यसअघि सो समूहले १८ र २२ पुसमा सभापति, नेता तथा महामन्त्रीसँग छलफल गर्दै निर्वाचनअगावै नियमित महाधिवेशनको पक्षमा आफ्नो दबाब राखेको थियो।