३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाको सभापतिमा मात्रै मनोनयन दर्ता भएको निर्वाचन समिति स्रोतले जनाएको छ।
अन्य पदाधिकारीहरूको मनोनयन पनि पूरा भइसकेको छ। महामन्त्री थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा छन्। उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक गरिनेछ।





