खेलकुद

नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

४ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमै अलआउट भयो।

नेपालका लागि बिन्दु रावलले ४४ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने सम्झना खड्काले २६ र रुबिना क्षेत्रीले १७ रन बनाए। बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिँदै नेपाललाई सस्तोमा समेटिन्।