कर्णाली प्रदेश

नेकपाले सल्यानमा युवा नेता रमेश मल्ललाई चुनावी टिकट

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोड्दै युवा नेता रमेश मल्ललाई चुनावी टिकट दिएको छ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्दैछन्। उनलाई टिकट प्रकाश ज्वालाले दाबी छोडेपछि दिइएको हो। मल्लले पहिले प्रचण्डको स्वकीय सचिवको रूपमा काम गरेका थिए।

नेकपा अन्य क्षेत्रमा उम्मेदवार टुंगो गरिसकेको छ भने सल्यान जस्ता केही क्षेत्रको टुंगो यसअघि बाँकी थियो।