७ माघ, काठमाडौं । विघटित प्रतिनिधि सभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ १६ महिला उम्मेदवार घोषित गरेको छ। लुम्बिनी प्रदेश बाहेक सबै प्रदेशमा पार्टीले महिलालाई प्रत्यक्षतर्फ उठाएको छ।
प्रदेश अनुसार, कोशीमा ५, मधेश र बागमतीमा ४/४, गण्डकी र सुदूरपश्चिममा १/१, र कर्णालीमा २ जना महिला उम्मेदवार रहेका छन्। लुम्बिनीबाट भने महिला उम्मेदवार भने नबनेको छ।
कोशी प्रदेशका २८ क्षेत्रमध्ये, सुनसरी–१ मा सरिन तामाङ, झापा–१ मा निशा डाँगी र झापा–२ मा पूर्व उपसभामुख इन्दिरा रानामगर उम्मेदवार बनेका छन्। मोरङ–५ मा आशा झा र मोरङ–६ मा रुविना आचार्यलाई पनि उम्मेदवार बनाइएको छ।
मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये, सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी–४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की उम्मेदवार बनेका छन्।
बागमती प्रदेशका ३३ क्षेत्रबाट ४ महिला उम्मेदवार घोषणा भएका छन्। धादिङ–१ बाट सामाजिक अभियन्ता आशिका तामाङ, काठमाडौं–१ बाट रञ्जु दर्शना र चितवन–२ बाट सोविता गौतमलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ।
गण्डकी प्रदेशमा कास्की–३ बाट विना गुरुङ, कर्णाली प्रदेशमा हुम्ला–१ बाट टासी ल्हाजोम र जुम्ला–१ बाट विनिता कठायत र सुदूरपश्चिममा कैलाली–१ बाट कोमल ज्ञवाली उम्मेदवार बनेका छन्।
यससँगै रास्वपा महिलालाई समानुपातिक सूचीबाट प्रत्यक्षतर्फ उठाउँदै प्रदेशभर प्रतिस्पर्धा सुनिश्चित गरेको छ।



