अन्तर्राष्ट्रिय

जेलेन्स्कीसँग भेट निकै राम्रो भएको ट्रम्पको भनाइ

८ माघ, डाभोस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ’निकै राम्रो’ भएको बताएका छन् ।

ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक करिब एक घण्टा चलेको थियो ।

विश्व आर्थिक मञ्चको वार्षिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,“रूस–युक्रेन युद्ध समाप्त हुनुपर्दछ।”

अमेरिकी प्रतिनिधिमण्डल रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि मस्को जाँदैछ । जेलेन्स्कीले पनि ट्रम्पसँगको भेट ‘राम्रो’ भएको बताएका छन् ।