समाचार

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

९ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको रुपमा चयन गरेको छ।
आज पहिलो पटक बिशेष महाधिवेशनपछि बसेको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सर्बसममत रुपमा सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको रुपमा आगामी निर्बाचनमा अगाडी सार्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले राख्नुभएको उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।

उपसभापति शर्माले आगामी फागुन २१ मा हुने आमनिर्वाचनमा काँग्रेस अबको प्रधानमन्त्री प्रस्तावित गरेर मैदानमा जान लागेको बताए । “केन्द्रीय समितिको बैठकबाट सभापति गगन थापालाई अबको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने संस्थागत निर्णय गरेका छौँ”, उनले भने ।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।