१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की आज साढे १० बजे राष्ट्रपति निवास पुगिन् र उनीहरूबीच करिब आधाघण्टा लामो भेटवार्ता भएको थियो।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार, भेटवार्तामा समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो। स्रोतहरूले जनाए अनुसार, पछिल्ला राजनीतिक घटनाक्रम र आगामी निर्वाचनसम्बन्धी विषयहरूमा दुई नेताबीच केन्द्रित कुराकानी भएको छ।





