राजनीति

एमाले भन्छ : ‘मुख्य प्रतिस्पर्धी कांग्रेस हो, रास्वपा होइन’

१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेको प्रत्यक्ष प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नभएको स्पष्ट पारे । कांग्रेस देशको पुरानो र स्थापित पार्टी भएकाले अहिले पनि चुनावी प्रतिस्पर्धा कांग्रेससँग नै केन्द्रित रहेको उनको भनाइ छ ।

‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ,’ पोखरेलले भने, ‘सहरी क्षेत्रको तुलनामा रास्वपाको प्रभाव ग्रामिण क्षेत्रमा केही बढेको देखिन्छ । तर त्यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन । त्यसैले एमालेका लागि मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो ।’

उनले रास्वपाले समानुपातिकतर्फ भने केही मत वृद्धि गर्न सक्ने सम्भावना रहेको विश्लेषण पनि प्रस्तुत गरे ।