३ फागुन, झापा । केपी शर्मा ओली आज झापा आउँदैछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ का उम्मेदवार हुन् ।
ओलीको आगमनलाई ध्यानमा राख्दै भद्रपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । विमानस्थल परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
तर झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने विमानस्थल सुरक्षामा कडाइ गरिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।





