२१ फागुन, काठमाडौं । कुलमान घिसिङ ले आज बिहान मतदान गरेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले बिहान ७ बजे नै बौद्धस्थित महाँकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।
घिसिङ काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्।
मतदानपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन सबै नागरिकलाई मतदानमा सहभागी हुन आग्रह गरे।





