२१ फागुन, काठमाडौं । रवि लामिछाने ले काठमाडौंमा मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले काठमाडौं क्षेत्र नम्बर–३ अन्तर्गत महांकालचौरस्थित उपत्यका खानेपानी लिमिटेड परिसरमा रहेको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।
यद्यपि उनी चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेकाले उक्त क्षेत्रमा आफैंलाई भने मतदान गर्न पाउने अवस्था थिएन। मतदान सम्पन्न गरेपछि उनले मतपेटिकामा ढोगेर सम्मान व्यक्त गरेका थिए।





