समाचार

अध्यक्ष दाहालले चितवनमा मतदान गरी हेलिकप्टरमार्फत रुकुमपूर्व पुगे

काठमाडौं, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो गृह जिल्ला चितवनमा मतदान गरेपछि हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्।

प्रचण्डले भरतपुर–१४, चितवन–३ मा पर्ने प्रहरी स्कूलमा बिहान मतदान गरेका थिए। मतदानपछि उनी सिस्ने–५, कमलदह, रुकुमपूर्व पुगेका छन्।

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।