समाचार

देशभर १ बजेसम्म कति मत खस्यो?

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभर जारी रहेको छ।

दिउँसो १ बजेसम्मको विवरणअनुसार देशभर कुल ४४ लाख ५५ हजार ७९० मत खसेको निर्वाचन स्रोतले जनाएको छ।

अहिलेसम्मको मतदानमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी उत्साह देखिएको छ। उपत्यकामा करिब ३६ प्रतिशत मतदान भइसकेको बताइएको छ।

देशभरका विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागितासँगै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।