२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भएको छ। निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ र उक्त बैठकको निर्णयपछि मतगणना सुरु गरिनेछ।
हाल मतदान केन्द्रमा मतपेटिका सिल गर्ने प्रक्रिया भइरहेको छ। यसपटक झापा–५ निर्वाचन क्षेत्र सर्वाधिक चासोमा रहेको छ।





