काठमाडौं, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
सुनारले कुल २९ हजार ५५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।
मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनारले उल्लेखनीय मतान्तरसहित जित हात पारेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उक्त क्षेत्रमा नयाँ राजनीतिक समीकरणको संकेत देखिएको छ।





