समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन टोली प्रधानमन्त्री कार्यालयमा

२४ फागुन, काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा तथा कानुनविद् विश्वेश्वर भण्डारीसहितको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न कार्यालय पुगेको हो।

आयोगका कर्मचारीहरूले प्रतिवेदनसहित आवश्यक कागजात बोकेर कार्यालयभित्र प्रवेश गरेका छन्। प्रतिवेदन बुझाएपछि आयोगले पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।