२४ फागुन, रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन्द्र पटेल विजयी भएका छन्। उनले २७ हजार ३१८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका गोविन्द चौधरीलाई करिब १५ हजार मतको फरकले पराजित गरे। चौधरीले ११ हजार ९५४ मत पाएका थिए।
त्यसैगरी आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० मत प्राप्त गरे भने एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मतमा सन्तोष गर्नु पर्यो।
यससँगै रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मतगणना पूरा भएको छ। चारमध्ये तीन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने रौतहट–२ मा नेपाली कांग्रेसका उम्मेदवारले जीत हासिल गरेका छन्।



