२८ फागुन, काठमाडौँ । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज भने घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको भाउ पनि तोलामा २८५ रुपैयाँले घटेको छ । महासङ्घले आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार हुने जनाएको छ । यसअघि चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको थियो ।





