२९ फागुन, काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनप्रति पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्।
देउवा र प्रचण्डले शुक्रबार सामाजिक सञ्जालमार्फत् मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले दुस्खी भएको छु,’ नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
देउवा हाल सिँगापुरमा छन्।
त्यसैगरि नेकपाका संयोजकसमेत रहेका प्रचण्डले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनले दुःखी बनाएको छ। बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपीजी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
ओलीका पिता मोहनप्रसादको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो। उनको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि हुँदैछ।





