३० फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज भन्टा, लौका, कन्य च्याउ, भिण्डीसहितका तरकारीको भाउ बढेको छ। तर, डल्ले च्याउसहित कतिपय तरकारीको भाउ भने घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४१, रातो आलु २०, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर ३२, लोकल बन्दा २५, स्थानीय काउली २०, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ११०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी १२, पाकेको फर्सी ६०, भिन्डी ११०, कन्य च्याउ १३५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु २०, मुडेको आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर ३२, लोकल बन्दा २५, स्थानीय काउली २०, लाम्चो भन्टा ४२, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १०५, लौका ५०, घिरौँला ६५, डल्ले फर्सी १२, पाकेको फर्सी ६०, भिन्डी १०५, कन्य च्याउ १३०, डल्ले च्याउ ४२५, सिताके च्याउ ९००, ब्रोकाउली २७ रुपैयाँ प्रतिकिलो थियो।



