३० फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा हारेपछि इरान अहिले सम्झौता गर्न इच्छुक भएको दाबी गरेका छन्। तर अब आफू सम्झौताका लागि तयार नभएको पनि उनले बताएका छन्।
आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरान पूर्ण रूपमा पराजित भएको छ र सम्झौता गर्न चाहन्छ, तर म अब त्यस्तो सम्झौता स्वीकार गर्दिनँ।’
यस्तै उनले ‘फेक न्युज मिडिया’ले अमेरिकी सेनाले इरानविरुद्ध गरिरहेको आक्रमणलाई सही रूपमा प्रस्तुत नगरेको भनी आक्रोश पनि उनले व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘फेक न्युज मिडियाले इरानविरुद्ध अमेरिकी सेनाले कति राम्रो प्रदर्शन गरिरहेको छ भनेर रिपोर्ट गर्न हिचकिचाउँछ।’
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोनरक्षेप्यास्त्र प्रहार गरिरहेको छ। यतिबेला मध्यपूर्व द्वन्द्वग्रस्त भएको छ।





