राजनीति

रास्वपाको बैठक सुरु : भर्चुअलबाट जोडिए रबि, बालेन आएनन्

१ चैत, काठमाडौं । समानुपातिक सांसदको टुँगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सुरु भएको छ ।

केन्द्रिय कार्यालय वनस्थलिमा सुरु बैठकमा सभापति रबि लामिछाने अस्वस्थताका कारण उपस्थित भएका छैनन् ।

उनि भर्चुअजल माध्यमबाट बैठकमा जोडिएको रास्वपाले जनाएको छ । भने वरिष्ठ नेता बालेन्द्र शाह पनि बैठकमा उपस्थित भएका छैनन् । प्रत्यक्ष तर्प १२५ सिट जितेको रास्वपाले सामनुपातिकतर्फ ५७ सिट पाएको छ ।

निर्वाचन आयोगले सामनुपतिक नामावली बुझाउने आजसमको अन्तिम समय दिएपछि विभिन्न राजनितिक दलहरु सानुपातिक सांसद छान्नमा ब्यस्त देखिएका छन् ।