१ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्।
बैठकमा कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।
बैठक स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन कांग्रेसले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन्। साथै, चुनावी परिणामले विचलित नबनाइ अघि बढ्न नेताहरूलाई आग्रह गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले भारतमा इन्दिरा गान्धीले चुनाव हार्दा पनि विचलित नभएर अगाडि बढेको उदाहरण पनि उल्लेख गर्दै कांग्रेस नेताहरूलाई उस्तै मनोबलका साथ अघि बढ्न प्रेरित गरेकी थिइन्।





