३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली दिएका छन् ।
राष्ट्रपति पौडेल मंगलबार गुन्डु पुगेर मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।मोहनप्रसादको गत शुक्रबार निधन भएको हो ।





