४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन्।
रास्वपा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सम्हालिएर काम गर्नुपर्ने बताएका छन्। जनताले अब कसैलाई नकुर्ने उनको भनाइ थियो।
‘जनताले पुराना दललाई ३५ वर्ष कुरे। हामीलाई २६ महिना, २६ दिन पनि कुर्ने वाला छैनन्। यो कुरा ध्यान दिनुहोला,’ लामिछानेले भने।





